कोरोना राहत कोषमा रोटरी क्लबले १ करोड सहयोग गर्ने

Avatar photo
Dhadingpost
चैत्र २२, २०७६

काठमाडौं चैत्र २२ । सामाजिक क्षेत्रमा सेवा गर्दै आएको रोटरी क्लबले सरकारले संचालनमा ल्याएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड जम्मा गर्ने भएको छ ।

देशैभर रहेका १ सय २४ वटा रोटरी क्लबका रोटरीयनहरु सहयोग बापत जम्मा भएको एक करोड कोषमा जम्मा गर्ने भएको हो ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गभर्नर रोटरियन किरणलाल श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा स्थानीय सरकार, प्रदेश सरकार र अस्पतालसँग सहकार्य गरी रोटरीयनहरुको सक्रियतामा आवश्यक अन्य सामान उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।