नेपालमा कोरोना संक्रमितको संख्या ७ पुग्यो

Avatar photo
Dhadingpost
चैत्र २१, २०७६

काठमाडौं चैत्र २१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ पुगेको छ ।

कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड-१९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारका एक अधिकारीका अनुसार पोखराको ल्याब पोजेटिभ देखिएपछि पुनस्परीक्षणका लागि काठमाडौं स्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा ल्याईदैंछ ।

दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो ।

त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना स‌ंक्रमण भेटिएको भोलिपल्ट भारतबाट आएका अर्का व्यक्तिमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।