
एजेन्सी चैत्र १४ । यूरोपियन मुलुक स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्पेनको क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् ।
उनका अनुसार ‘बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुलाई कोभिड–१९ संक्रमण भेटिएको सूचना आएको छ । तर संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको छ ।’
