
काठमाडौं चैत्र १३ । पोर्चुगलमा रहेका ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ भने सो समूहका १० जनामा कोरोनाभाइरसको लक्षण देखिए बताईएको छ ।
अल्ग्रेभ लगर क्षेत्रको आप्रवासी स्कुलमा बनाईएको क्वारेन्टाइनमा राखिएको ७४ जना नेपाली मध्य १० जनालाई कोरोना भाईरसको संक्रमण देखिएको त्यहाँको मिडियाले जनाएका छन् ।
पोर्चुगलमा यस अघि नै २ नेपालीमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसकेको छ ।
