
काठमाडौं चैत्र ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६ बजे देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन् ।
नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारले प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले देशबासीका लागि साँझ ६ बजे विशेष सम्बोधन गर्न लागेका हुन् । ‘प्रधानमन्त्रीले बालुवाटारबाट अपरान्ह ६ बजे देशबासीलाई गर्ने सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने सल्लाहकार सुर्य थापाले बताए ।
उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग विहान छलफल गरेका प्रधानमन्त्रीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न सम्बोधन गर्न लागेका हुन् ।
