
काठमाडौं चैत्र ७ । विश्वमा बढुदो कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण एवम् अनुभव आदान प्रदानका गर्न नेपाल र चीनबीच दिउँसो ३ बजे भिडियो कन्फरेन्स हुने भएको छ ।
भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुने र नेपालले सहयोग लिने सूचीको विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट हुने भिडियो कन्फ्रेन्समा नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता बताईएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको जनाएको छ ।
