हाेली खेलेर नुहाउन गएका नेवि संघ नेता भण्डारीकाे मृत्यू

Avatar photo
Dhadingpost
फाल्गुन २६, २०७६

काठमाडौं फागुन २६ । हाेली खेलेर नुहाउन बाथरुम गएका नेपाल विद्यार्थी संघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको मृत्यु भएको छ ।

सोमबार दिउँसो साथीहरु सँग होली खेलेर नुहाउन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएकाे भण्डारीका आफन्तले जानकारी दिएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।