चाैथाे जगत कपकाे फाईनलमा एड्भान्स र अन्नपूर्ण पुगे

Avatar photo
Dhadingpost
सोमवार, पुस १४, २०७६

धादिङ पुस १४ । नीलकण्ठ नगरपालिका खाल्टेमा जारी चाैथाे जगत कप – २०७६ काे पुरुष भलिबल तर्फ धादिङबेसी स्थित एड्भान्स एकेडेमी र आयाेजक अन्नपुर्ण युवा समाज फाईनल प्रवेष गरेका छन् ।

शनिबारबाट सुरुभएकाे महिला तथा पुरुष भलिबल प्रतियाेगिताकाे फाईनल खेल मंगलबार हुने छ । ६ टिम महिला र ६ टिम पुरुष गरि १२ टिम रहेकाे उक्त प्रतियाेगितामा साेमबार महिलाहरुकाे खेल हुने आयाेजकले जनाएकाे छ ।

तमु ल्होसार २०७६ सालको पावन अवसरमा धादिङको नीलकण्ठ नपा वडा नं १ को सर्वाधिक धनराशिको रुपमा रहेकाे “चौथो जगत कप २०७६” काे प्रथम पुरस्कार  ३०,००० नगद शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेता टिमलाई १५,००० नगद शिल्ड, मेडल र प्रमाणपत्र यस्ततै
BEST Player  ५,००० नगद (१ जनालाई) दिईने आयाेजकले जनाएको छ ।