बेलायतको चुनावी शैलीको आकर्षक पक्ष

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २७, २०७६

राजु भट्ट
युके मंसिर २७ ।
नेपाली मिति अनुसार बेलायतमा बिहाबार डिसेम्बर १२ आम चुनावको लागि मतदान भयो ।

बेलायतको चुनावबाट नेपालका दलहरुले सिक्नै पर्ने कुरा के हो भने यहाँका सड़क, स्कुल, क्याम्पस, चर्च या सार्वजनिक ठाउँमा कुनै तुल, ब्यानर, पोस्टर या प्रचार सामग्री टाँगिएन् न ठुलो धनराशीको पैसा खर्च नै गरियो ।

बेलायतमा कम्युनिष्टहरु साना साना टुक्रामा विभाजित भएकोले भागै लिदैनन् भने ठुला दलका पनि मुख्य उम्मेदवारहरुलाई मात्र मतदाताले चिनेका हुन् छन् ।

उम्मेदवरको जानकारी मतादाताले उसको विगतको इतिहास र कार्यक्षमताबारे भेटेर भाषण सुनेर भन्दा पनि अनलाईन र योग्यताको आधारमा बुझ्ने गर्दछन् र मतदान गर्ने गर्दछन् ।

यहाँका जनताले परिचय पत्र विनानै आफै उपस्थित भएर, हुलाकबाट या प्रोक्सी अर्थात् अर्कै व्यक्तिलाई अधिकार दिएर मतदान गर्न सकिन्छ । विश्वास र सिस्टमले काम गर्ने भएकाले भोट हाले ।

चुनावको दिन पनि सार्वनजिक विदा नहुने हुँदा बिहान ७ बजे देखि बेलुका १० बजे सम्म आफ्नो अनुकुलको समयमा मतदान गर्न पाईने व्यवस्था गरिएको हुन्छ ।

देशबाहिर हुने, काममा हुने, स्वास्थ्य या अपाङ्गताजस्ता कुनै पनि कारण या बिनाकारण उपस्थित भएर भोट हाल्न नसक्नेहरूले हुलाकबाट भोट हाल्न सक्छन् ।

त्यसका निम्ति अनलाइन आवेदन दिएर मतपत्र घरमा मगाउन सकिन्छ । हुलाकले पनि सम्भव भएन भने, प्रोक्सी मतदानका निम्ति आवेदन दिन सकिन्छ यसका लागि चुनावको दिन बेलुका पाँच बजेभित्रै यस्तो निवेदन व्यवस्था गरिएको हुन्छ ।

चुनाब ६५० सिटका लागि हुने भए पनि मुख्य लडाइँ र चर्चा भने पार्टी लिडरकै हुने गर्छ ।गैरनागरिक विद्यार्थी या कामदारहरूले पनि भोट हाल्न पाउँछन् । नेपाल सरकारले भने गैर आवासीय नेपालीहरुलाई समेत सहज मतदानको व्यवस्था नबनाउँदा मात्रृभुमिका लागि बार्षिक अर्वौ रकम नेपाल भित्र्याउने गैर आवासीय नेपालीहरु अफ्ठ्यारोमा परेका छन् ।

बेलायतमा चुनाब जसरी शुरू भयो त्यसरी नै शान्त रूपमा सकिन्छ । हजारौं मान्छे सड़कमा आएर विजय जुलुस निकाल्दैनन् ।

मिडिया प्रयोग
यहाँका दलहरुले मिडियालाई भने भरपुर प्रयोग गरे प्रतिष्ठित प्रिन्टरअनलाइन मिडियाहरूले पार्टीलाई खुलेरै सहयोग गरे । यो चुनाबमा ‘The Sun, The Times, Daily जस्ता ठूला मिडियाले सत्ताधारी कन्जरभेटिभ दललाई समर्थन गरेका छन् भने लेबरलाई सपोर्ट गर्ने ठूलो मिडिया भनेको The Guardian’ देखियो । मुद्दा र नेता अनुसार यी मिडियाहरूले फरक समयमा फ़रक दललाई समर्थन पनि गर्दछन् ।

(टिभी र रेडियोहरूले भने सबै मुख्य दललाई समानुपातिक समय र विट दिनुपर्ने कानुन छ । एउटा निर्वाचन क्षेत्रको एउटामात्र उम्मेद्वारसँग अन्तर्वार्ता समेत लिन पाइन्न ।)