भाेली सार्वजनिक विदा

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १२, २०७६

धादिङ मंसिर १२ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले भाेलि (मंसिर १३ गते) सार्वजनिक विदा दिने घाेषणा गरेकाे छ ।

प्राचिन कालदेखि चल्दै आएकाे त्रिपुरासुन्दरी देविकाे न्वागी ग्रहणका लागि माईतीघर प्रवेषकाे अनाैठाे जात्रा भाेलि मनाउन लागिएको अवसरमा गाउँपालिकाले सार्वजनिक सुचना जारी गर्दै विदाकाे घाेषणाा गरेकाे हाे ।

मंसिर १३ गते नेपाल सरकारका मन्त्री याेगेस भट्टराई समेत उक्त त्रिपुरासुन्दरी माईथान जात्रामा सहभागी हुने कार्यक्रम रहेकाे छ ।

जात्रा परिषरमा गाउँपालिकाले आयाेजना गरेकाे बृहत् साँस्कृतिक कार्यक्रमकाे प्रमुख अतिथि समेत रहने मन्त्री भट्टराईले मंगलबा देखि जारी जात्रा विशेष न्यु त्रिपुरा सुन्दरी कप फुटबलकाे समेत समापन तथा पुरस्कार वितरण गर्ने छन् ।

धादिङबेसीबाट सवा घण्टामा माेटरसाईकलबाट पुगिने उक्त जात्रामा भाेलि बिहान सल्यानकाेटमा रहेकाे मन्दिरबाट देविलाई भव्य र्यालिका साथ आगिन्चाेक स्थित गणेशस्थान हुँदै माईती घरमा भित्र्याइन्छ ।

अनाैठाे के छ भने उक्त मुर्ति पुजारी वाहेक कसैले पनि छुन पाउँदैनन् । हरेक साल यहि जात्रा हेर्न लाखौं भक्तजनहरु सल्यानबेसी आउने गर्दछन् ।