घले समाज अन्तर्राष्ट्रिय समन्वय समितिको संयाेजकमा पुर्णबहादुर डाँगे घले चयन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १५, २०७६

धादिङ कार्तिक १५ । लिःल फङ (घले समाज) अन्तर्राष्ट्रिय समन्वय समितिको दोस्रो अधिवेशन २०१९-२०२१ का लागि नयाँ कार्यसमिति चयन गर्दै सकिएकाे छ ।

प्रवासमा रहेर विभिन्न पेशा व्यवसाय गर्दै आएका घलेहरुकाे साझा संस्था घले समाजकाे उक्त अधिवेशन गाेरखाका पुर्णबहादुर डाँगी घलेलाई संयाेजकमा चयन गर्दै सकिएकाे हाे ।

भौगोलिक अप्ठ्यारोका कारण यो अधिबेशन अनलाईन मार्फत जापानमा व्यावसायिक गरेर बस्नु भएका पुर्ण बहादुर डाँगे घलेेेेकाे संयोजकत्वमा ३३ जनाको जम्बो टिम १५ राष्ट्रबाट नयाँ कार्य समितिमा प्रतिनिधित्व रहेकाे थियाे ।

लिःल फङ (घले समाज) अन्तर्राष्ट्रिय समन्वय समितिले सदैब आफ्नो हक पहिचान अधिकारको लागि लि:ल फङ केन्द्र र देश बिदेशमा कुना कुनामा रहेको घले समुदायलाई एकता बनाउन र जरुरत पर्दा अर्थिक, नैतिक भौतिक सहयोग गर्दै अएको कुरा लि:ल फङ यूएईका अध्यक्ष नर बहादुर घलेले धादिङपाेष्टलाई बताए ।

लिःल फङ (घले समाज) अन्तर्राष्ट्रिय समन्वय समितिले अब आउने दिनमा सशक्त रूपमा आफ्नो पहिचान हक अधिकारको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने र जरुरत परेमा आन्दोलन पनि गर्ने तयारी रहेको समेत उनले बताए ।