देउसी भौलो गीत विमोचन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ८, २०७६

ललितपुर कार्तिक ८ । नजिकै आएको दिपावलीको अवसर पारेर आज धोवीघाटमा तिहार विशेष देउसी भैलो गीतको विमोचन भएको छ ।

बाग्लुङ्ग मगर समाज काठमाडौँ उपत्यकाको आयोजना र मगर समाज विरकोटको व्यवस्थापनमा दुई वटा देउसी भौलो गीत विमोचन गरिएको हो ।

मगर समाजले तीहारमा गाउँने बलिहाङ अर्थात बलिराजाको सम्बोधन गरेर गाउँने एक थरीको गीत र कालिनाग अर्थात भाईदिदीको महिमा झल्काउने गीत लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण र सम्वद्र्धनमा लागि गीत लिकालिएको समन्वयकर्ता एमबहादुर बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा आदिवासी जनजातीले गाउँने मगर समुदायमा प्रचलीत सोरठीगीतको पनि श्रब्यदृश्य देखाइएको थियो । “यो गीतविशेष गरी बाग्लुङ्ग वीरकोटका मानिसले गाउँने गरेका छौँ”, बुढाथोकीले भने ।

भाईटिकाको स्मरण गर्दै वृद्धबुढाथोकीले भने, तिहारको टिका लगाउन एक जना भाई दिदीको घरमा जाँदा बाटोमा एउटा कालि नाग भेट्छन् । त्यो नागले ती भाईलाई कहाँ जान लागेको भनि सोधे पछि ती भाईले म दिदीको घरमा तिहारको टिका लगाउन जान लागेको भने छन् । कालिनागले आज मलाई धेरै भोक लागेको छ । म तिमीलाई खान्छु । कहाँ दिदीको घरमा टिका लगाउन जान लागेको भनेको भनिछन् । ती भाईले हैन् म दिदीको घर टिका लगाउन जान लागेको । मलाई खाने कुरा नगर भनेपछि । कालिनागले मानीन्छीन् । उनले जिद्दी गरेर म तिमीलाई खान्छु भनेपछि । तिभाईले म दिदीको हातको टिका लगाएर आउँछु अनिमलाई खानु भनी बाचा बन्दन गरी दिदीको घर टिका लगाउन गए छन् । भाईले अध्यारो मुख लगाएर आएपछि दिदीले के भयो भनी सोधि छन् । भाईले बाटोमा भएको सबै कुरा बताए छन् । दिदीले पिर नगर । म तिम्रो चिन्ता दुर गरिदिन्छु भनी भाई टिकाको दिन दैलोको डिलमा पाँच ओटा सेता धर्काको साथमा पाँच वटा तेलको धर्का समेत हालिछिन् । दिदीले भाईटिका गर्नु पूर्व नागको आँखा फुटाउने जुक्तीका साथ एउटा ओखर फुटाइ टिका लगाइ दिइछन् । टिका सकेर भाई मनमा चिन्ता लिदै गर फर्र्केछन् । बाटोमा फर्कदाँ फर्कदै उनले कालिनाग पाँच टुक्रा भएर मरेको देखेछन् । दिदीले भनेको कुरा ठ्याक्कै मिल्न गयो भनि सबैलाई आफ्नो दिदीको शक्तिबारे कथा सुनाएछन् । यस बेला देखि मगर समुदायका मानिसले तिहारलाई महत्वका साथ लिने गरेका हुन् ।