धादिङ कार्तिक ८ । धादिङको नीलकण्ठ नगरपालिका धुवाँकोट स्थित तमैरातमाटे माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमा देउसी भैलो खेलेका छन् ।
विद्यालयको बालक्लवले खेलेको देउसी भैलो कार्यक्रममा ७ हजार ३३८ रुपैया सहयोग प्राप्त भएको क्लवको अध्यक्ष राजकुमार तामाङले बताए ।
साँस्कृतिक पर्वको रुपमा लिईने तिहारलाई विद्यार्थीहरुको साँस्कृतिक सचेतचना अभिबृद्धिका लागि बाल क्लवलाई विद्यालयको कार्यक्रम अनुसार देउसीभैलो खेल्न लगाईएको शिक्षक कृष्णनारायण श्रेष्ठले बताए ।
शिक्षक श्रेष्ठका अनुसार उठेको रकम बालक्लवको खातामा राखिने र बालक्लवको काममा खर्च गरिने छ ।