फोटो खिच्ने क्रममा बेपत्ता महिलाको शव भेटियो

Avatar photo
Dhadingpost
अशोज २७, २०७६

बागलुङ असोज २७ । फोटो खिच्ने क्रममा खोलामा बेपत्ता भएकी देवी श्रीपाली को शव भेटिएको छ ।

तमानखोला गाउँपालिका–४ लाम्मेला घर भएर हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया श्रीपाली बडिगाड खोलामा खसेर बेपत्ता भएको एक सातापछि आईतबार तुरतुरे तालमा शव भेटिएको हो ।

बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि झण्डै ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर श्रीपाली गत आइतबार बेपत्ता भएकी थिइन् ।