बन्ध्याकरण शिविर बारे सुचना

Avatar photo
Dhadingpost
शनिबार, अशोज ४, २०७६

प्रस्तुत विषयमा यस चालु आर्थिक वर्षको धादिङ जिल्ला अन्तरगत तपशिल बमोजिमको मिति स्थान र समयमा परिवार नियोजन (मिनिल्याप र भ्यासेक्टोमी) बन्ध्याकरण घुम्ति शिविर संचालन हुने भएको हुँदा आ–आफ्नो पाएक पर्ने स्थानका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक स्वास्थ्य ईकाई र विभिन्न संघ–संस्था साथै महिला स्वास्थ्य स्वयम सेवीकालाई संचालन गराई व्यापक रुपमा प्रचार–प्रसार गरी पाएक पर्ने केन्द्र शिविरमा बन्ध्याकरण गर्ने व्यक्तिहरुलाई पठाउनुका साथै शिविर संचालनको लागी आवश्यक पूर्वाधारको समेत व्यवस्था गरी दिनुहुन अनुरोध गरिन्छ ।

तपशिल

शिविर संचालन हुने स्थान र मिति

१. सल्यान्टार अस्पताल, धादिङ २०७६ असोज ५ गते मिनिल्याप र भ्यासेक्टोमी
२. धदिङ अस्पताल, धादिङबेसी २०७६ असोज ७ गते मिनिल्याप र भ्यासेक्टोमी
३. चरौँदी आ.स्वा.सेवा केन्द्र वेनीघाट रोराङ, धादिङ असोज ९ गते मिनिल्याप र भ्यासेक्टोमी
४. ग्जुरी प्रा.स्वा.केन्द्र, गजुरी धादिङ असोज १० गतेदिन मिनिल्याप र भ्यासेक्टोमी
५. नौबीसे स्वास्थ्य.केन्द्र, नौबिसे धादिङ असोज १३ गते मिनिल्याप र भ्यासेक्टोमी
६. महादेवबेसी स्वास्थ्य चौकी, महादेवबेसी धादिङ, असोज १४ गते मिनिल्याप र भ्यासेक्टोमी

नोटः कुनै कारणबस कार्यक्रमको मिति परिवर्तन वा रद्ध गर्नुपर्ने भए अग्रीम जानकारी गराईने छ ।

वरिष्ठ जनस्वस्थ्य प्रशासाक
स्वास्थ्य कार्यलय धादिङ