
चितवन भाद्र २८ । निर्माण व्यवसायी संघ चितवनको निर्वाचनमा वाम घटकउम्मेदवारलाई हराउँदै काँग्रेस निकट व्यवसायीका अध्यक्ष उमानन्द कँडेल भारी मतान्तरले विजयी भएका छन् ।
शुक्रबार राती अबेस सकिएको निर्वाचनबाट अध्यक्षमा काँग्रेस निकट कँडेलले बाम प्यानलका उम्मेद्वार छवि गौतमलाई १३६ मतले पराजित पार्दै विजयी भएका हुन् । कँडेलले २०४ मत ल्याए भने प्रतिष्पर्धी गौतमले ६८ मत मात्रै प्राप्त गरे ।
यस्तै द्धितीय उपाध्यक्षमा बाम प्यानलका दिनेशचन्द्र न्यौपाने विजयी भएका छन् । उनले काँग्रेस निकटका भिष्म अधिकारीलाई पराजित गरे ।
त्यस्तै संघको सचिवमा झिनो मतान्तरले पुष्कर अधिकारी विजयी भएका छन् । अधिकारीले १३६ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी राजेन्द्रकुमार श्रेष्ठले १३२ मत ल्याए ।
त्यसैगरी सह–कोषाध्यक्षमा ताराप्रसाद दुवाडी विजयी भएका छन् । दुवाडीले १६० मत प्राप्त गरे भने निकटम प्रतिद्धन्द्धी बाबुराजा सिंहले १११ मत प्राप्त गरे ।
यस्तै संघको खुुल्ला सदस्यमा सहदेव उप्रेती (२१८ं), संजय न्यौपाने (१८५), शिवलाल ढकाल (१७१), प्रकाश तिवारी (१६८), दीपक अधिकारी (१५९), विष्णु प्रसाद लामिछाने (१४५), दीपक पाठक (१३९) र पिताम्बर बास्तोला (१३७) विजयी भएका छन् । कुल ८ जना खुल्ला सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो।
