चितवन भाद्र २५ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’का पुत्र प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेकाे छ ।
चितवन मेडिकल कलेजले अबैध पैसा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीहरुलाई पक्राउ गर्ने क्रममा प्रकाश चन्दलाई बुधबार प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरीले प्रकाश चन्द सहित १५ जना विध्यार्थी गिरफ्तार गरेकाे छ ।
प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् । कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहान पटक पटक झडप समेत भएको थियो ।
