मलाई सरल जीवन जिउनु छ ।
मलाई काममा लगाउ, सरकार ।
मेरो श्रमको परिक्षण गर
राज्यको जरा हागा कमजोर पार्ने
नियम कानुन मिचेर भद्रगोल गर्ने
कहिले धार्नी पुग्ला र निकाल्छौ सरकार ?
पहरा दिएर लगाउँ काममा
बनाउने नै भए राज्य ।
मेरो बा आमाको पीडा र ब्याथा आफै बुझ
तिर्थ र व्रत खै के गर्न मन छ, गएर सोध ।
उहाँको जे छ आफ्नो भन्नू सुरक्षा गरिदेउ ।
तिमिलाई पनि समाज वाद ल्याउनु छ ।
मलाई पनि सरल जीवन जिउनु छ ।
प्रजातन्त्र ल्याएर राज गर्नेहरुको चुरिफुरी
भैगो नसुनाउ के भन्नू खै तिनिहरुलाई कुरिकुरी ।
कम्युनिस्ट मिलेर आए गणतन्त्र ल्याए
हालत फुरफुरी!!
ए सरकार !
तिमिलाई पनि समाजबाद ल्याउनु छ ।
मलाई पनि सरल जीवन जिउन छ
मुख्यतः यो देशमा गणतन्त्र टिकाउनु छ ।
रगतको बदलामा पाएको ब्यबस्था बिकाउनु छ ।
तिम्रो पनि सम्पत्ति राज्यलाई नै भयो
मेरो पनि सम्पती राज्यलाई नै भयो ।
तिमिलाई पनि समाजबाद ल्याउनु छ ।
मलाई पनि सरल जीवन जिउनु छ ।
खै के बन्ने सपना बोकेर स्कुल जान्छ छोरो
जाच्ने कस्ता जनशक्ति खटायौ सरकार ?
त्यो अध्यरी रातमा को चिच्यायो सडक छेउ ?
मातृभुमिका कोहि सन्तान पठायौ कि सरकार ?
हेर,
तिमिलाई पनि समाजबाद ल्याउनु छ
मलाई पनि सरल जीवन जिउनु छ ।
नारी अधिकारको कुरा,
भैगो म हिसाब गर्दिन
जति अधिकार दिनु छ देउ सरकार ।
ढिकी जातोमै लगाउछौ कि!
तिम्रो ढुकुटीमा दाम भराउछौ !
तिमिलाई पनि समाजबाद ल्याउनुछ
मलाई पनि सरल जीवन जिउनु छ ।
ऐया…आवाज आयो उता घरमा,
२/४ थान सेता कपडा मात्र हुन कि !
मानवता पनि छिर्यो खै कुन्नी !
भोलि पल्टै भतभती पेट पोल्ने
खै कस्तो हालिदियौ रषादी ?
सरकार !
तिमिलाई पनि समाजबाद ल्याउनु छ ।
मलाई सरल जीवन जिउनु छ ।
मलाई काममा लगाउ सरकार
मेरो श्रमको परिक्षण गर ।

