
मकवानपुर भदौ १० । राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन भएका छन् ।
सोमबार हेटौंडामा भएको अधिवेशनबाट खड्का राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा धर्मेन्द्र दाहाल, सचिवमा विजय पौडेल, कोषाध्यक्षमा बलराम पुडासैनी र सह–सचिवमा उज्वल अधिकारी रहने गरि ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
