एसियन सेन्ट्रल जोन भलिबलको लागि नेपाली टिम घोषणा

Avatar photo
Dhadingpost
साउन २३, २०७६

अमृत तामाङ
काठमाण्डौ साउन २३ ।
आसन्न एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको लागि नेपाली टिमको घोषणा भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा यही भदौ २ देखि ७ गतेसम्म एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि नेपालले खेलाडी घोषणा गरेको हो ।

नेपालले छनौट गरेको खेलाडीहरुमा ईमबहादुर मगर(कप्तान) (पुलिस), हरिहजुर थापा (आर्मी),विनोद बहादुर चन्द (एपीएफ), इश्वर थापा मगर (आर्मी), धनबहादुर भट्ट क्षेत्री (आर्मी), विशाल विक (पुलिस), कुलबहादुर थापा (पुलिस), राजेन्द्र विष्ट (आर्मी), टेकराज अवस्थी (एपीएफ), हरिबहादुर अधिकारी (आर्मी), दुर्गा खड्का (आर्मी), दिपकराज जोशी (पुलिस), नरेन्द्र गिरि (आर्मी), राजकुमार निरौला (एपीएफ) रहेका छन् ।

लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने उक्त प्रतियोगितामा नेपाल सहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।