कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

Avatar photo
Dhadingpost
साउन १३, २०७६

काठमाडौं साउन १३ । माध्यमिक शिक्षा कक्षा १२ को नतिजा आज सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठक समेत बोलाइसकेको छ ।

बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ । आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो ।

गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार लाख परीक्षार्थी सहभागी थिए ।