बाख्रा पालक किसानलाई उद्यमशिलता तालिम दिईयो

Avatar photo
Dhadingpost
आइतवार, असार ८, २०७६

धादिङ असार ८ । सिद्धलेक गाउँपालिका वडा नं २ नलाङ फाले, पात्ले, खिर्रे, गरमछापका महिलाहरुले व्यवहायिक बाख्रा पालन सुरु गरेका किसानलाई तालिम दिईएको छ ।

प्रयास नेपाल धादिङले हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उनीहरुलाई ३ दिने उद्यमशिलता तालिम दिईएको हो ।

व्यवसायीक बाख्रापालन सुरुगरेका उद्यमशिलता तालिम सकेत दिईएको छ । तालीममा उद्यमशीलता, सफल उद्यमीमा हुनु पर्ने गुणहरु, बाख्रामा आधारित उद्यम/व्यवसायको बिश्लेषण छनौट र स्थापनाको बारेमा जानकारी, व्यवसायिक बाख्रापालन योजना निर्माण तरिका लगायतका बिषयमा जानकारी गराईएको थियो ।

समाजमा महिलाहरुले पनि सामाजिक विकासमा संलंग्न भई कार्य गर्न सक्ने आँट सीप विकास भएको तालिममा सहभागी महिलाहरूले बताएका छन् ।

सिद्धलेक गाउँपालिकाले बाख्राको उत्पादन र उत्पादकत्व बढाई कृषकहरुको आम्दानी बृद्धि गर्ने लक्ष्य लिएको र सोही लक्ष्यलाई सहयोग हुने गरी गाउँपालिकाले प्रयास नेपालसँगको सहकार्यमा कार्यक्रम संचालन गरिएको पनि वडाध्यक्ष कमल गुरुङले बताए ।

परियोजनाले कृषकहरूलाई खोरगोठ सुधार,कोशे र अकोशे घाँस खेती प्रबर्द्धन, नश्ल सुधार गर्न प्राविधिक ज्ञान, सीप तथा उन्नत जातको बाख्रा र बिउबोका उपहार दिने गरेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदार अर्यालले बताए ।

यसै गरि भित्री र बाह्य परजीवीबाट बचाउन नाम्ले जुका औंषधी खुवाउने, पिपिआर खोप लगाउने, पशुवस्तुको मृत्युबाट हुने क्षतिलाई ख्याल गर्दै पशुबिमा गर्ने लगायतका कार्यमा तालिमले महत्वपूर्ण भुमिका खेलेको निर्देशक अर्यालको दावि छ ।