अझै कराँते खेलाडी अन्धकारको भुमरीमा !!

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २७, २०७६

Dhurba Bikram Malla
दुई कराँते महासंघको रास्ट्रिय र अन्तरास्ट्रिय मान्यताको मारमा पिल्सियको खेलाडीहरु दुई महासंघ एक भई निर्बाचन तदर्थ कमिटि बनिएको अवस्था छ ।जस तदर्थ कमिटीले विश्व कराँते महासंघ WKF नीति नियम अनुसार निर्बाचित महासंघ बन्ने र लामो समय सम्म अल्झिएको विवाद अन्त्य हुने आस बोकेको कराते खेलाडीहरु रास्ट्रिय खेलकुद परिषदले आयोजना गरेको ८ औ रास्ट्रिय खेलकुद प्रदेश नम्बर ५ दाङ तुलसीपुरमा प्रथम स्थान जित्न सफल खेलाडीहरुले देशको प्रतिनिधित्व गर्न पाउने हुन्छ ।

उज्बेकिस्थानमा जुलाई १७ देखि २२ सम्म हुने १६औ एसियन सिनियर कराते प्रतियोगिता हुदै छ उक्त प्रतियोगिता २०२० जापानमा हुने ओलम्पिकलाई मध्यनजर गरि बरियता (Ranking) खेल पनि हो । उक्त प्रतियोगितामा पदक प्राप्त वा ५० भित्र बरियता स्तर बनाउन सक्ने खेलाडीले २०२० को ओलम्पिक खेलमा देशको प्रतिनिधित्व गर्न पाउने छ्न ।

सोहि अवसरमा एसियन कराते महासंघ AKF को निर्बाचन हुने कार्यक्रम रहेको हुदा नेपाली करातेहरुको अवसर पनि हो। सोहि कुरालाई महासंघ तदर्थ कमिटिको सिंहदरबार खेलकुद मन्त्रालयमा भएको बैठकमा अवसरलाई सदुपयोग गर्नु पर्ने कुरा जानकारी गराउदा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका अध्यक्ष र तदर्थ कमिटिको अध्यक्षबाट सम्बन्धित ठाउँमा कुनै पहल कदमी हुन् नसकेकोले अन्तिम दर्ता मिति मे १२ सम्म कुनै पहल हुन् नसके अन्तिम अबस्थामा देशको प्रतिनिधित्व गर्न बालाजु कराते डो प्रतिष्ठान मार्फत Ranking आउन सक्ने खेलाडीहरुलाई आफ्नै खर्चमा सहभागी गराउने जानकारी गराउद छु ।

खेलाडी र प्रशिक्षकको अर्को पिडा

रास्ट्रिय खेलकुद परिषदले आउदो १३ औ साग गेम्सलाई मध्यनगर गरि राष्ट्रिय टिम प्रशिक्षण तालिम सातदोबाटो परिषरमा राखेको ७ दिन हुदा सम्म खेलाडीले म्याड खेलको रिङ्ग समेत देख्न सकेको छैन।अहिले खेलाडीहरु बाहिर चौर प्याराफिडमा तालिम लिईरहेका छन् । खेलको नियम अनुसार रिङ्गको खेलाडीलाई रिङ्गमा नै तालिम हुनु पर्ने हुन्छ । यस्तो भनेको कराते खेलको नीति नियम देशको नेतृत्व गर्ने राष्ट्रिय खेलाडी र प्रशिक्षकको अपमान र राज्यको डुकुटिको दुरुपयोग हो,अब्याबहारिक खेल नेतृत्व कहिले सम्म ?

नेपाली जनताको आशा देशको लागि पदक बालुवामा पानी यहि हो सरकार मिठो भाषणले राजनीतिक खेल चल्छ, करातेमा नेपाली जनताले गर्व गर्ने पदक आउने खेल चल्दैन ।