काठमाण्डौं, बैशाख १३ । नेपाल राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (NFPJ) ले राष्ट्रिय फाेटाे पत्रकारिता दिवसकाे अवसर पारेर फोटो पत्रकारिता अवार्ड २०७५ सम्पन्न गरेको छ ।
उत्कृष्ट १४ विधामा प्रदान गरिएकाे उक्त अवार्डमा लाइफ टाइम अचिभमेन्ट र एक जनालाई विषेश सम्मान गर्दै अवार्ड सम्पन्न भएकाे हाे ।
लाइफ टाईम फोटोपत्रकारिता अवार्ड वरिष्ट फोटोपत्रकार मिनरत्न वर्जचार्यलाई पचास हजार नगद र सम्मापन पत्रले सम्मान गरिएको थियो भने, विषेश सम्मान पूर्वसशत्र नायव उपरिक्षक माधवबहादुर थापालाई दिइएको छ ।
यी हुन् २५ हजार नगद सहित अवार्ड प्राप्त गर्ने फाेटाे पत्रकारहरु
१. प्रदेश नंं. १ फोटोपत्रकारिता अवार्ड माइलाइफ डटकम झापाका सरद जोशी
२. प्रदेश नं. २ फोटोपत्रकारिता अवार्ड अन्नपूर्ण पोष्टका दिवाकर भण्डारी
३. प्रदेश नं. ३ फोटोपत्रकारिता अवार्ड धादिङ बाट अन्नपूर्ण पोष्टका मनिष दुवाडी
४. गण्डकी प्रदेश फोटो पत्रकारिता अवार्ड आर्दश समाज डेलीका दुर्गा प्रसाद पौडेल
५. प्रदेश नं.५ फोटोपत्रकारिता अवार्ड बुटवल टुडेका खगप्रसाद चापाँगाई
६. कर्णाली प्रदेश फोटोपत्रकारिता अवार्ड, रासस जाजरकोट हेमन्त केसी
७. सुदुरपश्चिम प्रदेश फोटोपत्रकारिता अवार्ड, सेरवहादुर सिँह रासस कन्चनपूर
८. बिजनेस फोटोपत्रकारिता अवाड सुरेन्द्र कुमार पुन, कान्तिपुर दैनिकका,
९. महिला फोटोपत्रकारिता अवार्ड गोरखापत्रकी कविता थापा
१०. मनाेरन्जन फोटोपत्रकारिता अवार्ड, अनलाईन एजेन्सीका राजन काफ्ले
११. पोलिटिकल फोटोपत्रकारिता अवार्ड पहिलो पोष्ट डटकमका प्रविन रानाभाट,
१२. डेली लाइफ फोटोपत्रकारिता अवार्ड थाहा खवर डटकमका दिपक केसी,
१३. कल्चर एण्ड टुरिजम फोटोपत्रकारिता अवार्ड, सुनिल शर्मा सिन्ह्वा युज एजेन्सी
१४. खेलकुद-स्पोर्टस फोटोपत्रकारिता अवार्ड राजधानी दैनीकका सुशिलकुमार श्रेष्ठ
यसैगरि उक्त कार्यक्रममा हरिगोपाल प्रधानको नाममा स्थापना गरिएको फोटोपत्रकारिता सम्मान खेलकुद फोटो पत्रकारिताबाट श्याम चित्रकार, मानेरन्जन फोटोपत्रकारिताबाट महेश प्रधान, सहाशिक फोटोपत्रकारिताबाट देवकी विष्ट, संस्कृती र सम्पदा नातिकाजी डङगोल र पर्यटन जर्नादन अर्याललाई सम्मानपत्र वितरण गरिएको थियो ।