वक्तृत्वकलामा ज्ञानीमाया तामाङ प्रथम

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २३, २०७५

धादिङबेँसी, फागुन २३ । धादिङबेँसी स्थित एड्भान्स एकेडेमीमा १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अायाेजना गरिएकाे वक्तृत्वकला प्रतियोगितामा ज्ञानीमाया तामाङ प्रथम भईन् ।

विद्यालयको कक्षा ११ र १२ का बीच आयोजना गरिएको लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिका आधार विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत ज्ञानीमाया तामाङ प्रथम भएकी हुन् ।

प्रतियोगितामा आयुषा रिजाल द्धितिय, कविता नेपाली तृतीय र आमोस थापा तामाङ सान्त्वना भएका थिए ।

धादिङ साहित्यका धरोहरका रुपमा परिचय बनाएका डा. नवीन बन्धु पहाडीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम एड्भान्स एकेडेमीका एसोसिएट प्रिन्सिपल भिम बहादुर श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको थियो ।