जिल्ला स्तरीय भलिबल प्रतियोगिताको लागि टिम दर्ता गर्नेबारे सूचना

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन १९, २०७५

श्रीमान् प्रधानाध्यापक ज्यू,
सबै माध्यमिक विद्यालय
धादिङ

महोदय,

उपर्युक्त सम्बन्धमा हाम्रो यस एड्भान्स एकेडेमी नीलकण्ठ न.पा ३ पुच्छार बजार धादिङबेसीले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा माध्यमिक विद्यालय तहको जिल्ला स्तरीय खुल्ला छात्र भलिबल प्रतियोगिता–२०७५ आयोजना तपशीलको मिति, समय र स्थानमा गर्न लागिएको हुँदा यसै सूचनालाई आधार मानी त्यस विद्यालयबाट सहभागि पठाइ दिनुहुन विनम्र अनुरोध गर्दछु ।
कार्यक्रम
१. मैत्रीपूर्ण छात्रा भलिबल उद्घाटन २०७५/११/२४ गते
२. टिम दर्ता / मौखिक / फोनबाट २०७५/११/२३ गते दिउँसो ३ः०० बजेसम्म । आधिकारिक पत्र २०७५/११/२४ गते १०ः०० बजे
३. खेलाडी संख्या: ९ जना समावेस हुनेछन् साथै खेल संयोजक शिक्षक अनिवार्य उपस्थित हुनुपर्नेछ ।
४. छात्र भलिबल खेल शुरु २०७५/११/२४
५. पुरस्कार
प्रथम: मेडल, प्रमाणपत्र, कप र नगद रु. ३०,०००।–
द्धितीय: मेडल, प्रमाणपत्र, कप र नगद रु १५,००० ।–
तृतीय: दुई टिम मेडल, प्रमाणपत्र, नगद ५,०००।– / नगद ५,०००।–
६. विद्यालयको लेटर प्याडमा प्रधानाध्यापकले प्रमाणित गरेको खेलाडी विरण सहितको पत्र अनिवार्य छ ।
७. खेलाडीको खाना , खाजा र आवास विद्यालय स्वयंले व्यवस्थापन गर्नुपर्ने छ ।
८. फाइनल खेल २०७५/११/२६ गते गरिनेछ ।
९. सहभागि विद्यालय सबैलाई मिकाशा भलिबल उपलब्ध गराइनेछ ।
१० टिम दर्ता शुल्क रु.२,०००।– लाग्नेछ ।

सम्पर्क नंं.:
१ अर्जुन कुमार श्रेष्ठ: ९८५१०८१७५१
२. गोविन्द बुढाथोकी: ९८४१५१३५६९
३. अमृत तमाङ: ९८५११३२६७८
४. उत्तम भट्ट: ९८४९८६२०६८

प्रधानाध्यापक
एड्भान्स एकेडेमी