धादिङ माघ २५ । तामाङ समुदायकाे नयाँ वर्ष २८५५ औ सोनाम ल्होछार (फा ल्हो) को उपलक्ष्यमा गरिएको फोटो प्रतियोगीता विनिता तामाङले जितेकी छिन् ।
सेमजाेेेङ समाजले आयोजना गरेकाे तामाङ संस्कृति झल्काउने फाेटाे प्रतियाेगितामा ७९ जनालाई पछि पार्दै विनिता प्रथम भएकी हन् ।
फेसबुक लाईककाे आधारमा विनिता तामाङ ले (२५७९ like)का साथ प्रथम पुरस्कार रु.६००० जितिन भने
सृर्जना तामाङले (२४९५ like) पाउँदै द्वितीय पुरस्कार रु.४००० र प्रज्ञा लामाले (१८६६ like) ल्याई सान्त्वना पुरस्कार रु.१५०० ग्रहण गरेका छन् ।