धादिङका हरि सुनारको झमझम पानी परेको रात

Avatar photo
Dhadingpost
सोमवार, पुस ९, २०७५

धादिङ पुस ९ । धादिङ निलकण्ठ सुनौला बजार निवासी हरि सुनारको म्युजिक भिडियो युवटुवमा पोष्ट भएको ४८ घण्टा नविद्दै एक लाख भन्दा बढीले हेरेका छन् ।

झमझम पानी परेको रात बोलको उक्त म्युजिक भिडियोमा पुर्णकला बि.सी. को साथमा हरि सुनारको आवाज रहेको छ ।

पढाई सँगै शिक्षण पेशामा रहेका हरि सुनार पछिल्लो समय शिक्षण पेसालाई छाड्दै बैकमा जागिर सुरु गरेका छन् । साङ्गितिक क्षेत्रमा प्रवेशको शुभारम्भ गरेका उनको पहिलो म्यूजिक भिडियो दुई दिन नवित्दै भिजिटरहरुको उपस्थितिले थप उर्जा मिलेको बताए ।

सुवास केसीको शब्द, झलक सङितमको लय, हरि सुनार र पूर्णकला बि.सी. को स्वर रहेको उक्त झमझम पानी परेको रात म्युजिक भिडियो अलाप स्टुडियोले युटुव मार्फत सार्वजनिक गरेको हो ।

भिडियो

https://www.youtube.com/watch?v=Zn2l-u1IPkY