आयो त्रिशुलीको कान्छी बदाम…

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ३, २०७५

सन्दिप स्याम्चेन तामाङ
धादिङ पुस ३ ।
धादिङ जिल्ला सेमजोङ चौतारा हालको नेत्रावती गाउँपालिका ३ निवासी मानबहादुर गुरुङले त्रिशुलीको बदाम ल्याएका छन् ।

हास्य विधालाई आत्मसाथ गर्दै आएका २०४४ सालमा माता मनकुमारी तामाङ र पिता आइतराम तामाङको दास्रो सान्तानका रुपमा जन्मिएका गुरुङको निर्देशनमा पछिल्लो समय त्रिशुलीको कान्छी बदाम बोलको म्यूजिक भिडियो बजारमा ल्याएका हुन् ।

सानै देखि नाँच्ने र हास्यकलामा रमाउने उनले विस्तारै गायनलाई अगाडी ल्याएका थिए । विद्यालयको कार्यक्रममा विभिन्न विद्यामा नाँचेर र हास्य कमेडी गर्दै अनुभव साँट्न सिकेका उनले स्कुल कलेज हुँदै अहिले नेपाल प्रहरी शसस्त्र बलमा कार्यरत हुँदा समेत आफ्नो रुचिलाई परिवर्तन गरेका छैनन् ।

जागिर सँगै अवधीमा फुर्सदको समय उनले नृत्य सिके र आफैले बार्लु म्हेन्दो डिजिटल प्रा.लि. कला केन्द्र संचालनमा समेत ल्याए । तामाङ समुदायको साँस्कृतिक पक्षलाई जगेर्ना गर्न थालेका उनले धादिङ, नुवाकोट र रसुवा लगायत एउटै एकदमै प्रचलित तामाङ गीत म्हेन्दोमायाहरुमा निर्देशन तथा मोडलिङ समेत गर्दै आएका छन् ।

ऐतिहासिक म्हेन्दोमाया म्युजिक अवार्ड आयोजक संस्थाका अध्यक्ष समेत रहेका मानबहादुर गुरुङ कै निर्देशनमा यो पछिल्लो समय नयाँ म्हेन्दोमाया गित बजारमा आएको छ । त्रिशुलीको कान्छी बदाम बोलको उक्त गीतमा सनेत तामाङ र सिता तामाङको स्वर रहेको छ । शैलेष वाइवाको शब्द रहेको छ ।

त्रिशुलीको कान्छी बदाम… भिडियो