धुनिबेसीमा अल्ट्रा दौड खेलाडी रशिला तामांग सम्मानित

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २६, २०७५

धादिङ मंसिर २६ । खेलको नामबाट धादिङ हुँदै नेपालकै नाम राख्ने धेरै खेलाडी मध्य पछिल्लो नाम हो रशिला तामाङ ।

नोभेम्बर १६ मा हङ्कङमा भएको OXFAM TRAILWALKER RACE १०० किलो मिटरको अल्ट्रा दौड प्रतियोगितामा पनि रसिलाले उत्कृष्ट प्रदर्शन गरिन् । उनै धादिङ धुनीबेसी निवासी रसिला तामाङलाई धुनीबेसी नगरपालिकाले नगद २० हजार सहित सम्मान गरेको छ ।

प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरि धुनिवेशी र नेपालको नाम राख्ने धुनिवेशी नगरपालीका वडा नं २ कि रशिला तामाङलाई नगरपालिकाको प्रतिष्ठा उच्च राख्न मद्दत गरेको भन्दै नगद सहित सम्मान प्रत्र द्धारा सम्मान गरिएको नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताए ।

हङ्कङमा हुने यस प्रतियोगितामा विश्वभरका खेलाडीहरुले भाग लिने गर्दछन् । यस वर्षको प्रतियोगितामा नेपालबाट जुम्लाकी सुनमाया बुढा क्षेत्रि, धादिंगकी रशिला तामांग, सोलुखुम्बुकी छेची शेर्पा राई, ओखलडुंगाकी छोकी शेर्पा सहभागी थिए ।

गत वर्ष महिला तर्फको च्याम्पियन चिनियाँ महिलाहरुको टिमले १०० किलोमिटरको निर्धारित दुरी १८ घन्टा १३ मिनेटमा पार गरी प्रथम भएका थिए ।

यस पटक रसिला सहभागि महिला टोलीले सो समय भन्दा १ घण्टा ४७ मिनेटले अघिनै उक्त दुरी पार गरेका थिए । तर पनि प्रथम हुन चुकेका रसिलाको टिम विश्व सामु नेपालको झण्डा फहराउँदै दोस्रो बनेर फर्किएका थिए ।

विश्वलाई नै चकित पार्दै फर्किए अल्ट्रा रेस खेलाडी

सय किलो मिटर दौडमा नेपाल दोस्रो (भिडियो समेत)

धादिङकी रसिला अल्ट्रा दौडको लागि हङ्कङ प्रस्थान