धार्केमा अन्तराष्ट्रिय वेपत्ता दिवस मनाईयो

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १५, २०७५

धादिङ भाद्र १५ । वषौं देखि कि सास चाहियो कि लास चाहियो भन्दै आएका वेपत्ता परिवारजनले फेरि घाँटी सुक्ने गरि खोई हाम्रो आफन्त भन्न बाध्य भएका छन् ।

व्यक्ति वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा धार्केमा विहिबार भएको कार्यक्रममा विगतमा जस्तै वेपत्ता परिवारले आफन्त खोई किन सार्वजनिक नगरेको प्रश्न गरेका हुन् ।

हामी स्वर सुक्ने गरि कराई रहेको वर्षौ विति सक्यो, अहिले दुई तिहाईको सरकार छ ? तात्कालिन विद्रोही समेत दुई तिहाई भएको बेलामा पनि सार्वजनिक गर्न नसक्नुका कारण के हुन् ? अतिथि सामु आक्रोस पोखे ।

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्लाको आयोजनामा मनाईएको यस दिवस कार्यक्रममा तात्कालिन माओवादी केन्द्रका उपाध्यक्ष एवम् नेकपा धादिङका नेता रामबहादुर भण्डारी धादिङका बेपत्ता भएका परिवारका सदस्यहरु र रेडक्रस सोसाइटी धादिङका सभापति सिताराम अधिकारी, कोषध्यक्ष दुर्लभ तामाङ, पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा २ छोरा वेपत्ता भएका तथा वेपत्ता परिवार समाजका केन्द्रिय सदस्य रामबहादुर भण्डारीले वर्षौ वित्यो, वेपत्ता छानविनका रोकिनस पर्ने कारण केहि छैन अब सरकारले काम कार्वाही अगाडी बढाउनेमा ढुक्क रहेको बताएका थिए ।

नेपालमा १० वर्ष सम्म चलेको जनयुद्धको क्रममा राज्य र विद्रोही तर्फबाट १ हजार भन्दा बढी वेपत्ता भएका छनु भने धादिङबाट मात्र २७ जना अहिले पनि वेखवर छन् ।