टाउकाकाे मूल्य ताेक्ने छाै

Avatar photo
Dhadingpost
भदौ १, २०७५

 

केशव पुलामिमगर

ईतिहास कहिले बाङ्गो छैन,
बङ्गगाउन खोज्नेको इतिहासनै बाङ्गा छ्न्
खुसी छ्न् त दलालका चाकारी गर्नेहरु
बिस्तारबादी र साम्राज्यबादीका चाकरीहरु
त्यो नसम्झौकि क्रान्ती समन्न भयो
सुरुवात त अब हुन्छ,
कालिकोटमा बेल्चा समाउने चेपाङ्ग
रामेछापमा हार्मोनियम बोक्ने सामना
बर्ग एउटै हो ..दुस्मन एउटै हो,
अब…अब…
हाम्रो हिजोको कमान्डर
आज हाम्रो बर्गको दुस्मन नबनोस
-दोरम्बा तिमिलाइ सलाम छ
-पिली तिमिलाइ सलाम छ
-कृष्णभिर तिमिलाइ सलाम छ
-जल्जला तिमिलाइ सलाम छ
-खारा तिमिलाइ खरो सलाम छ
सुनेको छु तेता जनमिलिसिया भर्ती हुँदै छ
म पनि लाइनमा आउने छु
सिंहदरबारको गेट छिर्ने राता रगत ले पोतियका काला कोट लगाउने काम्रेड हो
तिमीहरुलाई हार्दिक श्रदाञ्जलि छ
निर्मम हत्या भयका सहयोद्धा काम्रेडहरुलाई हैन
किन ?
अब सुरु भो
के ?
राता मान्छेको भर्ती
कहा ?
राता बस्तीहरुमा
किन ?
बाँकी क्रान्ती सम्पन्न गर्न
हिजो बुर्जुवा राज्या सत्ताले
हाम्रा कमन्डरका टाउकाकाे मुल्य तोक्थे
अब हामि…
सिंहदरबार छिर्ने काम्रेडहरुको टाउको मुल्य तोक्ने छौ
किन ?
ती टाउका
३३ किलो सुनको जल्पले बेरियको छ
अब बिगुल नफुक्दै
क्रान्ती सुरु हुन्छ
युद्ध बिराम नहुदै क्रान्ती सम्पन्न हुन्छ ।