विश्वका पाँच ठूला विमान दुर्घटना

Avatar photo
Dhadingpost
साउन २८, २०७५

विश्वका पाँच ठूला विमान दुर्घटना जसमा कसैले ज्यान गुमाउनु परेन १ हवाइ यात्राका क्रममा इतिहासमा थुप्रै हृदयविदारक घटनाहरु भएका छन् । विमान दुर्घटना भएपछि मानवय क्षति हुने निश्चित जस्तै हुन्छ । तर संसारमा यस्ता केही विमान दुर्घटना भएका छन् जसमा भाग्यवश १ जनाको पनि ज्यान गएन ।

घटना १
मेक्सिकोको दुरंगो शहरमा केही दिन अघि एयरोमेक्सिकोको फ्लाइट नम्बर २४३१ दुर्घटना भयो । विमानमा चालक दलका ४ जना सदस्यसहित १०१ जना थिए । तर यो दुर्घटनामा सबै १०१ जना नै सकुशल रहे । कसैको ज्यान जान पाएन ।

घटना २
१५ जनवरी २००९ मा १४६ यात्रु र ५ चालकदलका सदस्य भएको यूएस एअरवेजको विमान न्यूयोर्कको लागार्डिया विमानस्थलबाट नर्थ क्यारोलाइनातिर जाँदै थियो ।

तर म्यानह्याटनको पश्चिमी क्षेत्रमा हड्सन नदीमाथि विमान दुर्घटना भयो । विमानको इन्जिनमा चरा ठोकिएकाले दुर्घटना भएको बताइएको छ । विमान चालक सुली सुलेनबर्गले म्यानह्याटन नजीकै हड्सन नदी किनारमा जसोतसो विमान अवतरण गराए । सबै सकुशल रहे ।

घटना ३
अर्को घटनामा २९७ यात्रु र चालक दलका १२ सदस्य बोकेर उडिरहेको एअर फ्रान्सको विमान ए३४० क्यानडाको टोरन्टो विमानस्थलमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भयो ।

विमानको एउटा इन्जिन बिग्रिएपछि धावनमार्गमा विमानका पार्टपूर्जाहरु छरिए । तर विमानमा रहेका चालका दलका सदस्यले स्थितिलाई सुझबुझका साथ तुरुन्तै नियन्त्रणमा लिए ।

भारी वर्षा भइरहेको कारणले भएको दुर्घटनामा १२ जना गम्भीर घाइते भएका थिए। कर्मचारीहरुले यात्रुहरुलाई तुरुन्तै विमानबाट ओरालेका थिए ।

टना ४
यस्तै अर्को घटना कन्टिनेन्टल बोइङ ७३७ अमेरिकाको डेनभर अन्तरराष्ट्रिय एअरपोर्टबाट २००८ को डिसेम्बर २० को बिहान उडान गर्दै थियो । त्यति नै बेला आएको हावहुण्डरीका कारण धावनमार्गमै दुर्घटना भयो । तर यात्रुहरु सबै सकुशल रहे ।

घटना ५
१६ अक्टोबर १९५६ मा अमेरिकाको होनोलुलु र सान फ्रान्सिस्कोको बीचमा बोइङ ३७७ उडेको केहीबेरमै इन्जिन बिग्रियो । चालकले पानीमा आकस्मिक अवतरण गराए । विमानमा रहेका २४ यात्रु र चालक दलका १२ सदस्य सबैको ज्यान बच्यो ।