ढाका, साउन २२ । केही समयदेखि तनावग्रस्त बंगलादेशमा नेपाली विद्यार्थीलाई सचेत हुन आग्रह गरिएको छ ।
गत साता २ जना विद्यार्थीको बसले ठक्कर दिँदा निधन भएपछि स्थिति भड्किएको हो ।
आन्दोलनको क्रममा हालसम्म केही विद्यार्थीको ज्यान गएको छ भने केही बेपत्ता र घाइते छन् । यस्तो तनावग्रस्त अवस्थामा यस्ता घटनाहरुमा नमुछिन र सकेसम्म क्याम्पस र होस्टेलबाहिर ननिस्कन नेपाली विद्यार्थीहरुले आग्रह गरेका छन् ।
नेपालमा रहेका र बंगलादेश जाने तयारी गरिरहेका नेपाली विद्यार्थीहरुलाई केही दिन नेपालमै रहन पनि आग्रह गरिएको बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी सरोज खनालले जानकारी दिए ।
