एजेन्सी, साउन १६ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटनामा परेको छ । फ्लाइट–एम–२४३१ नामक सो विमान उडान भरेको ५ मिनेटमै १० किलोमिटर टाढा दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय हताहती भने भएको छैन ।
१०१ जना सवार सो विमान दुर्घटनामा ८५ जना यात्रु घाइते भएको र घाइतेमध्ये २ को अवस्था गम्भीर छ । विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।
विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना भएको जनाएको छ । मौसम खराब भएपछि विमानलाई घाँसे मैदानमा अवतरण गराइएको थियो । विमान उडेलगत्तै तीव्रगतिमा हावा हुन्डरी चलेको र आकस्मिक अवतरणको प्रयास गर्दा दुर्घटनामा परेको बताइएको छ ।
