१६ बर्षपछि पाकिस्तानी संसदमा हिन्दू प्रतिनिधित्व

Avatar photo
Dhadingpost
साउन १४, २०७५

इश्लामावाद, साउन १४ । पाकिस्तानमा पहिलोपटक हिन्दू सांसद निर्वाचित भएका छन् । पाकिस्तान पिपुल्स पार्टी (पिपिपिं) का महेश मलानी संसदको तल्लो सदनका लागि निर्वाचित भएका हुन् ।

त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बन्नुभएको छ ।

मलानी खाद्यान्नका लागि सिन्ध सभाका स्थायी समिति प्रमुख हुनुहुन्छ । पाकिस्तानी पूर्व राष्ट्रपति प्रवेज मुशर्रफले सन् २००२ मा गैरमुशलमान समुदायबाट मतदान तथा निर्वाचन लड्न पाउने कानूनी व्यवस्थाको सुनिश्चितता गर्नुभएको थियो ।

पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले दिएको जानकारी अनुसार मलानीले सिन्ध प्रान्तको एनए–२२२ (थारपारकर–दोस्रो) बाट निर्वाचन लडी एक लाख छ हजार ६३० मत ल्याई संसदमा प्रतिनिधित्व गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी ग्रान्ड डेमोक्रेटिक गठबन्धनका अर्वाव जाकुल्लाहले ८७ हजार २५१ मत प्राप्त गर्नुभएको छ ।