काठमाडौँ, साउन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपविदेशमन्त्री वाङ वाजुनले प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भेटवार्ता गरेका छन् ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाली भूमी चीनविरुद्व प्रयोग हुन नदिने प्रतिबद्वता जनाएका छन् । हामी एक चीन नीतिका पक्षमा छौ । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई आघात पर्न दिँदैनौ, प्रधानमन्त्री ओलीले भने ।
भेटमा वाङमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रपति सिजिन पिङलाई नेपाल भ्रमणको निमन्त्रण पनि दिए । हाम्रो सम्वन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ प्रधानमन्त्री ओलीले भने चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौँ ।
