एजेन्सी, असार ३१ । हमास लडाकु समूहविरुद्ध गाजामा चार वर्षयताकै सबैभन्दा ठूलो हमला भएको छ भने घटनामा १२ जना घाइते भएको छ ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको पुष्टि गरेका हुन् ।इजरेलमा रकेटहरू प्रहार गरिएपछि जवाफी आक्रमण गरिएको बताउँदै उनले आवश्यक परे थप कारबाही गरिने समेत उल्लेख गरेका छन् ।
तर प्यालेस्टिनीहरूले युद्धविराम सहमति गरिएको बताएका छन् । गाजा शहरमा गरिएको हवाई आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएको बीबीसीले बताएको छ ।
इजरेलमा प्रहार गरिएका ९० भन्दा बढी रकेटमध्ये एउटाबाट तीनजना इजरेली घाइते भएका छन् । रकेट प्रहारपछि इजरेलको जवाफी आक्रमण भएको हो ।
