अलास्का पहाडमा ठोक्कियो विमान, सबै सकुशल

Avatar photo
Dhadingpost
असार २७, २०७५

काठमाडौं, असार २७ । अमेरिकाको लस एन्जलसमा ११ जना सवार एक विमान दुर्घटना भएको छन् । विमानमा सवारमा ११ जना घाइते मात्र भएको छ ।

विमानमा गडबडी आएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले दुई हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरुले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्धार गरेका थिए ।

अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा विमान ठोक्किएको थियो । विमानमा १० यात्रु र एक पाइलट थिए । करिब दुई हजार फुटको उचाइमा उडिरहेको विमान अलास्का पहाडमा ठोक्किएको थियो । विमानमा सवार ११ जना घाइते मात्र भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।