काठमाडौं, असार २० । गायिका गायत्री थापाले हरीतालीका तीजको अवसर पारेर कोसेली ‘दशा’ गीत लिएर आएकी छन् ।
जय देवकोटाको लय रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा जय देवकोटा, गायत्री थापा, भरत शाह, रमा थपलिया र सुरवीर पण्डितलगायतको अभिनय छ । निर्देशन भने दुर्गा पौडेलले गरेका हुन् ।
हरितालिका तीजको अवसर पारेर सार्वजनिक गीत गायिका शान्ति श्री परियार र जया देवकोटाको आवाजमा सजिएको छ । गीतका शब्द भने गायत्री थापाका हुन् ।
