बस दुर्घटना हुँदा १४ जना घाइते, ३ को अवस्था गम्भीर

Avatar photo
Dhadingpost
असार १८, २०७५

रुकुम, असार १८ । रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएको छ भने ३ को अवस्था गम्भीर छ ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–३, दाङकी सृष्टि पुन, उनकी आमा ३६ वर्षीय माया पुन, तुलसीपुर–८ का ३१ वर्षीय अजय बुढाथोकी र सोही स्थानका क्षितिज मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ । यस्तै सल्यान त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विष्णु परियार, सल्यान बागचौर नगरपालिकाका १० का २९ वर्षीय शिशिरकुमार गिरी, सल्यान शारदा नगरपालिका १ का गाडी मालिक २४ वर्षीय धीरेन्द्र श्रेष्ठ, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–३, मैकोटका २५ वर्षीय करण बुढा, सोही स्थानका १८ वर्षीय राज बुढा, १५ वर्षीया नवीना बुढा, पृथा उत्तरगंगा १२ कोलका ३५ वर्षीय सुन्दर बुढा, उनका छोरा ११ वर्षीय बलमान बुढा तथा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ६ का २७ वर्षीय मोहन कुसारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दाङको तुलसीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस सोमबार बिहान करिब २ः३० बजे मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा दुर्घटना भएको हो ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।