
चितवन, जेठ १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयका सहयोगी शंकरप्रसाद धिताललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय भरतपुरका एक कर्मचारीलाई २५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
हेटौँडाबाट आएको प्रहरी निरीक्षक विनिमहादेव पौडेलको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट फिल्डमा भएको बढी जग्गा लालपुर्जामा राख्नका सो रकम लिएको बताइएको छ ।
