काठमाडौ, जेठ १४ । नेपाल आइडलमा दोस्रो भएका गायक निशान भट्टराईले ‘भुन्टी’ बोलको गीत सार्वजनिक गरेका छन् ।
अहिलेसम्म गीतले झण्डै ९ लाख भ्यूज पाइसकेको छ भने तीन हजारभन्दा बढि कमेन्ट आएका छन् ।
यूट्यूवमा उक्त गीत नम्बर १ ट्रेन्डिङमा पर्न सफल भएको छ ।
पश्चिमी लोकभाकामा गाइएको यो गीत राजेन्द्र भट्टले लेखेका हुन् । संगीत पनि उनैले दिएका छन् । गीतको भिडियोमा निशानलाई एलिशा राईले साथ दिएकी छन् । गीतको मेलोडी, स्वर र भिडियोले तारिफ पाएको छ । गीतका निशानको नृत्यकलाको झलक पनि देख्न सकिन्छ ।
शुक्रबार रिलिज गरिएको गीत आइतबार बिहानैबाट नेपालमा १ नम्बरमा उक्लेको हो । कतारमा पनि यो गीत ट्रेन्डिङमा रहेको बुझिएको छ ।
https://www.youtube.com/watch?v=_-hRovJleY8