मेसीको जर्सी सगरमाथाको शिखरमा, मेसीद्वारा खुसी व्यक्त

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १२, २०७५

धादिङ जेष्ठ १२ । विश्व फुटबलका चर्चित अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीको जर्सी सगरमाथाको शिखरमा पुर्याइएको छ ।

मेसिले लगाउने १० नम्बरको जर्सी सर्वोच्च शिखर सगरमाथामा हिम आरोही डान जेङ्गलुबुुले मंगलबार पुर्याएका हुन् ।

आफुले लगाउने १० नम्बरको जर्सी सगरमाथा शिखरमा फराइएपछि मेसीले फ्यानहरु सामाजिक सञ्जालमा एक पोस्ट गर्दै खुसी व्यक्त गरेका छन् ।

मेसीले आफ्नो जर्सी डान जेङ्गलुबुले सगरमाथा शिखरमा पुर्याएको समाचार आफ्ना ८९.५ मिलियन फेसबुक फ्यानमाझ सेयर गर्दै उनलाई बधाई तथा धन्यवाद दिए ।

यही जुनबाट हुने विश्वकपको तयारीका लागि अर्नेन्टिनाको ब्युनोस आयर्समा ब्यस्त रहेका मेसीले पेज मार्फत बधाई छ डान जेङ्गलुबु सगरमाथा शिखर चढ्न सफल भएकोमा’ भनेका छन् ।

‘यो अभूतपूर्व उपलब्धिका लागि धेरै धेरै बधाई अनि विश्वको शिखरमा मेरो जर्सी फहराएर मलाई त्यहीँ पुगेको महसुस गराएकोमा उनले भने ।