थाइराइड के हो ? कसरी उपचार गर्ने ?

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ११, २०७५

काठमाडौ, जेठ ११ । थाइराइड घाँटीमा हुने ग्रन्थी हो, यो रुद्र घन्टीको ठ्याक्कै तल हुन्छ। त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ। त्यो हर्मनको उत्पादनमा गडबढी भयो भने हामी थाइराइड लागेको भन्छौ । कसैकसैको गन्थ्रीमा टियुमर पलाएर पनि थाइराइड देखा पर्छ।

थाइराइड रोग ३ किसिमका हुन्छन् ।

थाइराइड ग्रन्थीले कम काम गर्ने रोग, थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग र थाइराइड ग्रन्थीको क्यान्सर। थाइराइड ग्रन्थीले कम काम गर्ने रोगको लक्षणमा धेरै जाडो हुने, शरीर सुन्निने, छाला खस्रो हुने, काम गर्ने जाँगर नहुने हुन्छन् ।

त्यस्तै कब्जियत हुने, गलगाँड निस्कने, तौल बढ्ने, महिनावरी गडबड हुने, निःसन्तान हुनु पनि थाइराइड रोगका लक्षण हुन् । थाइराइड ग्रन्थीले बढी काम गर्ने रोगको लक्षण भने थाइराइड ग्रन्थीले काम गर्ने रोगको लक्षणभन्दा फरक हुन्छ।

गर्मी महसुस् हुनु, पसिना धेरै आउनु, मुटु धकधक हुनु, दिसा धेरै पटक लाग्नु, हात खुट्टा काम्नु, सास फुल्नु, निन्द्रा नलाग्नु हुन् |थाइराइड ग्रन्थीको क्यान्सरका लक्षण भनेका गलगाँड छिटो छिटो बढ्नु, गलगाँड दुख्नु, आवाज परिवर्तन हुनु, खान निल्न गाह्रो हुनु हुन् ।

खानपीनको गडबढी अथवा कमी, बन्दा काउली धेरै खाएर यो रोग लाग्छ भन्ने हल्ला छ। बन्दा काउली धेरै खाएर यो रोग लाग्दैन। यो एक किसिमको अटो इमिनु रोग हो । थाइराइड ग्रन्थीको भाइरल इक्फेक्सनले हुन्छ । केही औषधिको सेवाले पनि यो रोग हुन्छ ।

थाइराइड कसरी लाग्छ  ।

खानपिनको गडबढी अथवा कमी, बन्दा काउली धेरै खाएर यो रोग लाग्छ भन्ने हल्ला छ। बन्दा काउली धेरै खाएर यो रोग लाग्दैन। यो एक किसिमको अटो इमिनु रोग हो । थाइराइड ग्रन्थकिो भाइरल इक्फेक्सनले हुन्छ । केही औषधिको सेवाले पनि यो रोग हुन्छ ।

उपचारका विधि

१.थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए
२. बाहिरबाट थाइराइड हर्मोन सेवन गर्ने
३.थाइराइड ग्रन्थीले बढी काम गर्ने रोग देखिए
कम्तिमा १२ देखि १८ महिनासम्म औषधि खाने
गलगाँडको अप्रेसन गर्ने
४. रेडियोएक्टिभ नामक औषधि प्रयोग गर्ने ।
५. थाइराइड ग्रन्थीको क्यान्सर भएमा
६.अप्रेसन गर्ने, अप्रेसनपछि रेडियो एक्टिभ औषधी प्रयोग गर्ने, आदी ।