क्यानडामा बम विस्फोट हुँदा १५ जना घाइते

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ११, २०७५

क्यानडा, जेठ ११ । क्यानाडाको टोरोन्टो नजिकैको एक रेस्टुरेन्टमा बम विस्फोट हुँदा १५ जना घाइते भएका छन् भने तीन जनाको अवस्था  गम्भिर रहेको छ ।

शंकास्पद दुई व्यक्ति प्रवेश गरेर विस्फोट गराएको बताइएको छ ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । टोरोन्टो नजिक रहेको बम्बे भेल रेस्टुरेन्टमा बिस्फोट भएको हो । स्थानीय समय अनुसार राति १०ः३० बजे उक्त रेस्टुरेन्टमा विस्फोट भएको जनाइएको छ ।