कर्णालीमा प्रिमियर लिग खेल सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ११, २०७५

सुर्खेत, जेठ ११ । रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत लिग चरणका सबै खेलहरु सम्पन्न भएका छन् ।

समूह ‘ए’ को बिजेताको रुपमा रुपन्देही–११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लव तथा समूह ‘बि’ बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्यपश्चिम क्रिकेट क्लव सेमीफाइनल प्रवेश गरेका छन् । शुक्रबार पहिलो सेमीफाइनलमा रुपन्देही–११ र मध्यपश्चिम क्रिकेट क्लव तथा दोश्रो सेमीफाइनलमा त्रिभूवन आर्मी क्लव र धनगढी क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने छ ।

जेठ ३ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार खेलिनेछ । प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन् ।

दोश्रो खेलमा एबिसी स्पोर्ट्स क्लवले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई १९ रनले पराजित ग¥यो। टस जितेर ब्याटिङ रोजेको एबिसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। एबिसीका लागि दिनेश पुनले सर्वाधिक ६९ रन बनाए । ४५ बलम खेलेका उनले ११ चौका र १ छक्का प्रहार गरे। यस्तै टेक सलामीले २७ बलमा ४ चौका र ३ छक्का मदतले ३९ रन बनाए। काठमाडौंका प्रितम थापा र भोजराज भट्टले समान २–२ विकेट लिए ।

बिहीबार भएका अन्तिम दुई खेलमा त्रिभूवन आर्मी क्लव र एबिसी स्पोर्ट्स क्लव बिजयी भए । पहिलो खेलमा त्रिभूवनले भेरीगंगा क्रिकेट क्लवलाई ८ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको भेरीगंगाले निर्धारित १२ ओभरमा चार विकेट गुमाएर ६३ रन बनाउन सक्यो। भेरीगंगाका तिलक थापाले सर्वाधिक २०, सौगात कार्कीले १८ तथा पदम कडेलले १३ रनको योगदान दिए । त्रिभूवन आर्मीका जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले समान एक–एक विकेट हात पारे ।

६४ रनको लक्ष्य आर्मीले ७।४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो। आर्मीको लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ रन तथा राजु रिजाल र भिम सार्कीले समान १२ रन बनाए। भेरीगंगाका बलर जनादेश चुनाराले २ विकेट लिए ।

१६५ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले सात विकेटको क्षतिमा १४५ रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि विश्वास श्रेष्ठले सर्वाधिक ४३, दुर्गेश थापाले २३ तथा रोशन शर्माले २० रन योगदान दिए । एबिसीका बलर महेश खत्रीले सर्वाधिक ३ विकेट हात पारे भने दिनेश अधिकारी, युनिशबिक्रम सिंह, बिनित खत्री र रबिन्द्रजंग शाहीले समान १–१ विकेट लिए ।