लो ब्लाडप्रेसर के कारणले लाग्दछ ?

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ९, २०७५

रक्तचापको स्तर सामान्य नभएर उच्च वा निम्न हुनु मानिसको स्वास्थको लागि धेरै नै हानिकारक छ । तर, निम्न रक्तचापलाई धेरै जसो मानिसहरु गम्भिर रुपले लिँदैनन् जसको परिणाम हानिकारक हुनसक्छ ।

सामान्य रुपमा कुनै पनि व्यक्तिको ब्लडप्रेसर १२०/८० को स्तरमा हुनुलाई ठिक मानिन्छ । यसमा थोरबहुत घटबढलाई पनि सामान्य मान्न सकिन्छ तर, यदी यसको स्तर ९०/६० वा यसभन्दा पनि कम छ भने यसलाई निम्न रक्तचाप वा लो ब्लडप्रेसर भएको मानिन्छ । यसका प्रमुख कारणहरु तल दिएको छ ।

१. रगतको कमी भएमा धेरै पटक शरिरमा रगतको कमी निम्न रक्तचापको कारण बन्न सक्छ ।
२. कुनै ठूलो चोटपटक लागेमा या आन्तरिक रक्त श्रावको कारणले शरिरमा अचानक रगतको कमी हुन्छ जसले ब्लडप्रेसर लो हुन्छ ।

३. कमजोरी वा पोषणको कमी । पोषणको कमी र कमजोरी पनि निम्न रक्तचापको एक प्रमुख कारण हो । जरुरी पोषक तत्व कमी हुनाले शरिरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्न पाँउदैन जसले निम्न रक्तचाप हुन जान्छ ।

४. मुटु रोग मुटुसँग सम्बन्धित कुनै पनि प्रकारको समस्या वा रोग भएमा पनि निम्न रक्तचाप हुन्छ ।

५.शरिरमा पानीको कमीले पनि तपाई धेरै पटक कमजोरी महसुस गर्नुहुन्छ । पानीको कमीबाट ब्लडप्रेसर लो मात्रै होइन स्वास्थसँग सम्बन्धित अन्य समस्याहरु पनि हुन्छन् जसमा ज्वरो, वान्ता हुनु, डायरिया आदि पर्छन् ।

६.यदि तपाईलाई डायबिटिज, थाइराइड लगाएतका स्वास्थ समस्याहरु छन् भने तपाई निम्न रक्तचापको पनि बिरामी हुन सक्नुहुनेछ ।

७. यदि तपाई कुनै स्वास्थ समस्याबाट पिडित हुनुहुन्छ र यसको लागि लगातार औषधि सेवन गरिरहनुभएको छ भने यो पनि लो ब्लडप्रेसर हुन्को कारण बन्न सक्छ ।

रक्तचाप हुदा देखा पर्ने लक्षण
सामान्य रुपमा जब तपाई अचानक धेरै नै कमजोरी महसुस गर्नुहुन्छ वा चक्कर लाग्छ भने यो निम्न रक्तचाप भएको लक्षण हुन सक्छ । तर, प्रमुख रुपमा थकान, डिप्रेसन, जिउ चिलाउने, प्यास लाग्ने, आँखा धमिलो देख्ने, छाला पँहेलो भएमा, शरिर चिसो भएमा, श्वासप्रश्वास छिटो भएमा यी लक्षणहरू निम्न रक्तचापको लक्षण हुन् ।