कार्निभलमा नेपालको सहभागिता

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ९, २०७५

एजेन्सी । बार्सिलोना र जर्मनिको राजधानी बर्लिनमा शनिबार सम्पन्न कार्निभल सडक महोत्सवमा नेपालले पनि सहभागिता जनाएको छ ।

महोत्सवमा जर्मनिका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल, नेपाली विधार्थी समाज जर्मनिका संयोजक अशोक तिमिल्सिना, बर्लिन निवासी डा.प्रजल प्रधान, गैरआवसीय नेपाली संघ जर्मनिका उपाध्यक्ष मिलनराज पन्त, सचिव राजेश सुनार, डा. महेश्वर रुपाखेति, ई. दिपक प्रसार्इं, नेपाल पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महरा, जर्मनिका लागि पर्यटन दूत सन्तोश कुमार भट्टराई लगायत नेपाली समुदायको सहभागिता रहेको थियो ।

विश्वका करिब ६८ देशका चार हजार कलाकारहरुले आ–आफ्नो देशको साँस्कृतिक झाँकी प्रदर्शन गर्दै गर्दा नेपाली टोलिले बिभिन्न भेषभूसासहित चन्द्र सुर्य अंकित झण्डा फर्फराए ।

कार्यक्रममा लागि नेपाली विद्यार्थी समाज बर्लिन, नेपाली राजदूतावास बर्लिनको संयोजकत्व तथा एनआरएनए जर्मनिको सहकार्य रह्यो ।

नेपालको कला, सँस्कृति र परम्परालाई जगेर्ना गर्दै बिदेशी पर्यटकलाई नेपाल भ्रमणको लागि आकर्षित गर्न सहभागी बनेको नेपाली टोलिले जनाएको छ। बमहोत्सवमा नेपालका बिभिन्न जातजातिका साथै धार्मिक झाँकिहरु पनि प्रदर्शन गरिएको थियो ।

सन् २०११ देखि निरन्तर सहभागिता जनाउँदै आएको नेपालले यसपटक पनि सहभागिता जनाएको हो ।