​अज्ञात समुहद्वारा इँटा उद्योगमा बम विस्फोट

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ७, २०७५

धादिङ, जेठ ७ । धादिङको धुनीबेसी नगरपालिका जीवनपुरमा रहेको इँटा भट्टामा अज्ञात समुहले बम विस्फोट गराएका छन् ।

सोमबार भएको उक्त विस्फोटबाट इँटा उद्योगमा ६ लाख भन्दा बढी क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार बम विस्फोटका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टर लगायतको सामग्रीमा क्षति छ ।

घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।